विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा श्रमिक अभाव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा श्रमिक अभाव

सारांश

  • जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए ।
  • यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।
  • विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् ।

जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् ।

श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ ।

मुलुकको बेरोजगारी दर पनि गत डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ । जापानको अर्थतन्त्र गत वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ ।

पटकपटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुबैमा असर परेको थियो । तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
बैशाख २९ गते सोमबारको राशिफल यस्तो छ
बैशाख २९ गते सोमबारको राशिफल यस्तो छ
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल