मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन

सारांश

  • काठमाडौं।
  • एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ ।
  • आज भएको फाइनलमा मलेसियालाई ५९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
काठमाडौं। एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । आज भएको फाइनलमा मलेसियालाई ५९ रनले हराउँदै नेपालले उपाधि जितेको हो । थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो । 
नेपालको लागि ओपनर दिपक बोहराले १९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २३ रन बनाए । प्रशान्त महतले ४०, कप्तान विशाल बिक्रम केसीले १७ र निखिल कुमारले १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउने सकेका थिएनन् ।
१४१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको मलेसिया ३४.५ ओभरमा ८१ रनको स्कोरमा अलआउट भयो । मलेसियाका लागि हाजिक आइमानले १८, जिनेन्द्र मुरलीले १४ र वान आजमले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । नेपालका लागि विशाल पटेलले ४, दिपक बोहोराले ३ विकेट लिए । निखिल सिंह र क्रिस कार्कीले १–१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?