विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ

सारांश

  • विराटनगर 20,माघ ।
  • विराटनगरमा मृत भएकी बालिका रुपमती दासको को बलात्कार पछि हत्या भएको पाईएको छ ।
  •  जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई लागुऔषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या भएको सार्बजनिक गरेको हो ।

विराटनगर 20,माघ ।विराटनगरमा मृत भएकी बालिका रुपमती दासको को बलात्कार पछि हत्या भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई लागुऔषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या भएको सार्बजनिक गरेको हो ।

१० बर्षीया दासको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका विराटनगर–८ बलुवाहीका भुट्टु भनिने अब्बास अन्सारी र चन्दु महतोलाई प्रहरी ले  पक्राउ गरेको छ ।

१२ गते अब्बास अन्सारी भन्ने ब्यक्ति भारतको जोगवनी गएर लागु औषध ल्याउने गरेको र त्यो दिन पनि ६ वटा नाईट्रोसन ट्याब्लेट ल्याएको र अब्बास अन्सारीले एक महिलालाई सोही दिन करिब साँढे ६ बजे लागु औषध नाईट्रोशनको आधा ट्याब्लेट खुवाउन खोजेको तर ति महिलाले खान नमाने पछि आफैले खाएका थिए ।
त्यस लगत्तै रक्सी खाएर मातेर आएका चन्दु महतोलाई गाउँकी छिमेकी महिलासँग यौन सम्पर्क राख्ने ईच्छा ब्यक्त गरेपछि चन्दुले समेत सघाएको पाईयो, एसपी केसीले भने । त्यस पछि राती ८ बजेको समयमा बाहिर निस्किएकी रुमती दासलाई ति युवाहरुले मुख थुनेर चौरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएकोछ । ‘दुबै जनाले पालैपालो बलात्कार गरेपछि बालिकालाई घाँटीमा अठ्याएर मारेको पाईयो, एसपी केसीले भने, ‘बालिका रुमतीको हत्या लगतै उनीहरुले खोलामा बगाएको पाईयो ।’

बालिकाको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेको दुबै अभियुक्तले स्वीकार गरेका छन् । ‘हत्या गरेर खोलामा फालेको देखिन्छ’ प्रहरी उपरीक्षक केसीले भने ।

पक्राउ परेका दुबैलाई ‘जबरजस्ती करणी गरी कर्तब्य ज्यान’ मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको ठुलो घोषणा: ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि पहिलो छानबिन देउवाकै हुन्छ’
गगन थापाको ठुलो घोषणा: ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि पहिलो छानबिन देउवाकै हुन्छ’
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
१२ वर्षदेखि फरार अभियुक्त जेल चलान
१२ वर्षदेखि फरार अभियुक्त जेल चलान
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?

तपाईंले छुटाउनुभयो कि?