बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
५४ पटक हेरिएको
Shares
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान

सारांश

  • काठमाडौं, माघ १९ ।
  • दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् ।
  • नेपाल बसाईको क्रममा उनले राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेकी थिईन् ।

काठमाडौं, माघ १९ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् ।

नेपाल बसाईको क्रममा उनले राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेकी थिईन् । हिजो अपरान्ह काठमाडौं ओर्लिएकी स्वराजले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी थिईन् ।

स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरिन् । विदेशमन्त्री स्वराजलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरक नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिईन् ।

स्वराजले भारत उड्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरिन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको लञ्च खाएर स्वदेश फर्किएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं:  विष्णु रिमाल
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं: विष्णु रिमाल
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
सार्वजनिक सवारीमा भाडा बढाउने तयारी
सार्वजनिक सवारीमा भाडा बढाउने तयारी
काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु
काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?