एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने

सारांश

  • काठमाडौँ,२० पुस ।
  • अखिल नेपाल फुटबल सङ्घ एन्फाले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ ।
  • एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो ।

काठमाडौँ,२० पुस । अखिल नेपाल फुटबल सङ्घ एन्फाले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ ।

एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो । अवार्ड प्राप्त गर्ने खेलाडीले रु एक लाख प्राप्त गर्नेछन् । शाहको गत वैशाखमा निधन भएको थियो ।

शाहजस्तो उत्कृष्ट खेलाडीको नाममा पुरस्कार स्थापना गर्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने एन्फाले जनाएको छ । शाहले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना दिलाउने गरी थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एशियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको ‘फ्रि किक गोल’को चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ ।

उक्त अन्तिम चरणमा उक्त खेलमा २–१ ले पछि परेको नेपाललाई मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्नाका साथै ‘पेनाल्टी सुटआउट’मा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिले अन्तर्राष्ट्रियस्तरमा छ गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?