नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबारका लागि डाकिएको छ ।
- नेकपाले सार्वजनिक गरेको भेनेजुएला विषयमा आएको विवाद र धारणाका बारे छलफल गर्नका लागि सचिवालय वैठक डाकेको जनाइएको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबारका लागि डाकिएको छ । नेकपाले सार्वजनिक गरेको भेनेजुएला विषयमा आएको विवाद र धारणाका बारे छलफल गर्नका लागि सचिवालय वैठक डाकेको जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ । पछिल्लोपटक भेनेजुएलाका विषयमा नेकपाको धारणामाथि आएको विवादबारेमा समेत छलफल हुँदैछ । पार्टी एकताको काम विषयमासमेत छलफल हुने नेकपा अध्यक्ष रहेका प्रचण्डको सचिवालयले जनाएको छ ।
गत पुस १२ मा स्थायी समितिको बैठक बसेको थियो । त्यस वैठकले पार्टी एकताका विषयमा बाँकी काम टुंगाउने भन्दै कार्यदल गठन गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया