भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
सारांश
- संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् ।
- उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् ।
- जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ ।
संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् । उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् ।
जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर सम्पत्ति सहित बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै कानुनी उपचार खोजेका हुन् ।
जोर्डनका पूर्वराजाकी छोरी हया शेख मोहम्मदकी छैठौँ श्रीमतीको रुपमा रहँदैआएकी थिइन् । स्वतन्त्रताको लागि भन्दै आफ्नै छोरी युरोप छिरेपछि उनले पनि देश छोडेकी हुन् ।
श्रीमती हयाले देश नै छाडेपछि कविता नै लेखेका शेख कानुनी लडाइँको तयारी देखिएपछि उनीहरुबीचको मुद्दा झन् पेचिलो बन्नसक्ने अन्तर्रा्ष्ट्रिय मिडियाहरुको टिप्पणी छ ।
गत वर्ष मात्रै शेख तथा हयाकी छोरीले सार्वजनिक रुपमै आफूमाथि बन्देज लगाइएको भन्दै युरोप छिरेकी थिइन् । दुबइका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेखले भने श्रीमती हयाले देश छाडेपछि उनैलाई सम्बोधन गर्दै गत साता कविता नै लेखेका थिए ।
‘तिमिले अमुल्य विश्वास तोड्यौ, र तिम्रो खेलको रहस्य खुल्यो । तिम्रो ढाँट्ने समय समाप्त भइसकेको छ, र यसले पनि अर्थ राख्दैन कि, हामी के थियौँ र तिमी के छौ ।’
यस्तै आशयको कविता उनले लेखेका थिए । ४५ वर्षीया हया र ६९ वर्षीय शेख मोहम्मदले २००४ मा विवाह गरेका थिए । शेखका हयासहित ६ श्रीमततीबाट ११ छोरी र ७ छोरा छन् ।
बम बिष्फोटमा घाइतेभ भएका सिंहको मृत्यु
काठमाडौं ३ साउन । कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु एको छ ।धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । सिंह विप्लपका बझाङका जिल्ला नेता हुन । बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।
कमरेडहरु धमाधम रंगिला काण्डमा
जनयुद्धकालमा अत्याधिक मौलाएको साँस्कृतिक बिचलनको रोग नेकपाका नेता–कार्यकर्तामा पनि फस्टाउन थालेको छ । यस्तो रोगले मोरङ आक्रान्त छ । कानुनमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र नम्बर ३ झनै यस मामिलाबाट ग्रस्त छ । उत्तरी मोरङको पश्चिम क्षेत्रमा पूर्वएमालेको नगर नेतृत्व सम्हालिसकेका व्यक्तिदेखि सामान्य कार्यकर्ता पनि पतन भएका उदाहरण छन् ।
ंग्रेसभित्र त्यस्ता मामिला आइपरे सहजै सल्टाइन्छन् तर खोक्रो आदर्शका कारण कम्युनिस्टभित्र सकसपूर्ण बन्ने गरेका छन् । केही समयअघि ज्यान हत्या अभियोगमा पक्राउ परी योगेन्द्र गुरुङ जेल पुगेका छन् । पूर्व एमालेको बेलबारी नगर अध्यक्ष भइसकेका उनका दुई छोरासहित श्रीमती काठमाडौं बसेका हुनाले मोरङमा अरबेकी श्रीमतीलाई ‘गर्ल फ्रेण्ड’ बनाएका रहेछन् ।
योगेन्द्रसँगको सम्बन्धका कारण अरबमा कार्यरत श्रीमान्ले बेवास्ता गरेपछि पिरोलिएकी रमिला राईले बारम्बार विवाहका लागि दबाब दिने गरेकी थिइन् । बारम्बार झगडा पर्ने क्रममा पछिल्लो पटक योगेन्द्रकै घरमा रहेकी रमिला मध्यराति जोडले कराएको र बाहिर हल्ला जान नदिन मुख थुन्दा प्राण गएको बयान छ । मध्यरात प्राण गएपछि भोलिपल्ट आफ्नै कारमा हालेर लाशलाई सप्तकोशीमा फ्याँकिदिएको बयान योगेन्द्रले प्रहरीलाई दिएको भए पनि दुई–तीन हप्तामा लाश फेला परेपछि मात्रै हतको पुष्टि भएको हो ।
यो त पर्दाफास भएको उदाहरण भयो । तर, अपराधमा पुग्न नदिई गुपचुप मिलाइएका थुप्रै घटना छन् । मोरङ क्षेत्र नम्बर ३ मै केही महिनाअघि पूर्वएमालेको राम्रै जिम्मेवारी पाइसकेका एक सरकारी शिक्षक तथा बोर्डिङ सञ्चालक परस्त्रीसँग सहवासको कारण झण्डै ठूलो झमेलामा फसेका थिए । ‘गर्लफ्रेन्ड’ ले सबै कुरा पर्दाफास गरिदिने धम्की दिई झमेला बढ्दै गएपछि स्थानीय पार्टी नेतृत्वलाई गुहार्नुपरेको थियो । पार्टीको पहलमा ती महिलालाई दुई लाखको मुठो बुझाएर मामिला सुल्झाइएको थियो ।
केही समयअघि वित्तीय संस्थामा कार्यरत एक जना नेकपा कार्यकर्ताले पनि विवाहपछिकी गर्ल फ्रेन्डलाई झण्डै घरकी कान्छी बनाएका थिए । कसो–कसो भाग्ने योजना लिक भएपछि पार्टी र आफन्त लागेर योजना विफल तुल्याइएको थियो । त्यसपछि ती महिलालाई तीन लाख रुपैयाँ बुझाएर अवैध सम्बन्ध टुटाइएको छ ।
त्यसैगरी, ५० वर्ष हाराहारीको उमेर पार गरिसकेका नेकपा समर्थक एक व्यापारी पनि आफ्नै व्यापारिक स्टाफ युवतीसँग घरकै बेडरुममा रमाएका बेला श्रीमतीले रंगेहात भेट्टाएकी थिइन् । परिवारले ती युवतीलाई आइन्दा फर्केर नआउने शर्तमा ५ लाख रूपैयाँ दिएर काठमाडौँ पु¥याएकोमा पाठेघर फालिसकेकी श्रीमतीसमक्ष श्रीमान्ले रोइलो गरेपछि फर्काएर घरमै पुनर्बास गराइएको थियो ।
अर्का एक व्यापारी पनि एक अरबेकी श्रीमतीलाई गर्लफ्रेण्ड बनाएका कारण झण्डै ठूलै फन्दामा परेका थिए । पेट बोकाएर क्युरेट गराउने खर्चसमेत नदिएको भन्दै महिलाले सुसाइड नोट लेखेर आत्महत्या गरेपछि ती व्यापारी एक महिनासम्म अलप भएका थिए । मामिला सुल्झिएपछि मात्रै व्यापार सम्हाल्न आएका छन् । त्यसैगरी बेलबारीमा वैदेशिक रोजगारमा गएकाकी श्रीमतीले बच्चा पाएपछि एक महिनाअघि सिटी सफारीका चालकले पाँच लाख तिरेर सामाजिक र कानुनी रूपमा मुक्ति पाएका छन् ।
मोरङमा थुप्रै नेता र कार्यकर्ता छन्, जसमध्ये कोही एउटै परस्त्रीलाइ बर्षांैसम्म खेलाउने गर्छन् त कोही सिजनैपिच्छे बदली–बदली रमाउने गरेका छन् । समाज र देश बदल्ने भनेर राजनीतिमा लागेका ‘क्रान्तिकारी’ हरू नै समाजलाई बिकृत बनाउनतिर उद्यत भएपछि जनताले कसको भरोसा गर्ने होला ? जनआस्थाबाट
व्यवस्थापन सञ्चालन करारमा दिने बायु सेवा निगमको तयारी
सिबी अधिकारी
काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ ।
निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।
निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ । व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
“व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउनसक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेण्डरको कागजात धमाधम बनिरहेको छ”, उनले भने।
व्यवस्थापन करारमा जान व्यवस्थापन समितिले ग्लोबल टेन्डर आह्वानका लागि तयारी गर्न निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा विभिन्न विभागका प्रमुख रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ।
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
काठमाडौ। न्याय परिषद्को विहीबार बसेको बैठकले जिल्ला अदालत र उच्च अदालतका २३४ न्यायाधीशहरूको सरुवा गरेको छ।
साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नाम शिफारिस गरेको छ। बैठकले उच्च अदालत दीपायलका न्ययाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष पदका लागि शिफारिस गरेको छ ।
अन्य सदस्यहरूमा कृष्ण गिरी न्ययाधीश उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती न्यायाधीश उच्च अदालत दीपायल, शान्ति सिंह थापा न्यायाधीश उच्च अदालत सुर्खेत, चन्द्रबहादुर सारु।
न्यायाधीश उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज र डा. रविशर्मा अर्याल न्यायाधीश उच्च अदालत विराटनगर, इलामा इजलास, को नाम सिशाफरिस गरेको छ ।
२०७२ भूकम्पपछि अहिलेसम्म कति पराकम्प आए ?
२०७२ सालको महाभूकम्पका कारण देशमा झण्डै नौ हजार मानिसको मृत्यु भयो । २२ हजार घाइते भएको घटना नेपालको इतिहासकै कालो दिन हो । ७.८ म्याग्निट्युडको भूकम्पले देशमा ठूलो जनधनको क्षति पछि पनि ठूला पराकम्पहरु आइरहे । मानिसहरु त्रसित भए । तर, देश विस्तारै सामान्य अवस्थामा फर्कियो ।
भूकम्पको त्रास हराउँदै गयो । देशमा भूकम्पको धक्का महशुश गर्ने क्रम चलिरहेपनि ठूला म्याग्निट्युडको भूकम्पको धक्का पर्न छाडेको छ । स—साना धक्का महशुश भएपनि मानिसहरुले ठूलो भूकम्पले ल्याएको त्रास बिर्सेका छन् ।
महाभूकम्पपछि पनि देशमा भूकम्प र पराकम्प आउने क्रम चलिनै रहेको छ । २०७२ साल अर्थात् सन् २०१५ मा महाभूकम्पपछि भूकम्प र पराकम्प आइनै रहेको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार सन् २०१५ मा महाभूकम्पपछि कुल चार सय १९ पटक चार रेक्टर स्कलेभन्दा माथिको भूकम्प र पराकम्प आएको थियो ।
सन् २०१५ मा कुल चार सय २६ पटक भूकम्प आएको तथ्यांक छ । त्यसपछि भूकम्प र पराकम्प घट्दै गएको देखिन्छ । सन् २०१६ मा ६५ पटक भूकम्प आयो ।
२०१७ मा घटेर चार म्याग्निट्युडमाथिको भूकम्पको धक्का २७ पटक मात्र महशुश भयो । २०१८ मा २८ पटक भूकम्पको धक्का महशुश भयो ।
यस वर्ष अर्थात् सन् २०१९ मा २६ पटक चार म्याग्निट्युड माथिको भूकम्पको धक्का महशुश गरिएको छ । वर्षको मध्यमात्र भएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी भूकम्प जाने सम्भावना देखिन्छ ।
महाभूकम्पपछि मध्यपहाडी क्षेत्रमा बढी भूकम्प र पराकम्प गएको देखिन्छ । पछिल्लो वर्षहरुमा पश्चिम नेपालमा पनि भूकम्प जाने क्रम बढिरहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार भूकम्पको केन्द्रबिन्दु फरक देखिएको छ । तर, केही जिल्लाहरुमा बढी केन्द्रित रहेर भूकम्प जाने क्रम चलिरहेको छ ।
प्रतिक्रिया