विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

सारांश

  • रामपुर, पाल्पा, १७ वैशाख, बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ ।
  • कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा दिवा खाजाको शुरुवात गरेको हो ।
  • यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करुपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध गराएको छ ।

रामपुर, पाल्पा, १७ वैशाख, बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ ।

कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा दिवा खाजाको शुरुवात गरेको हो । यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करुपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध गराएको छ । विशेष गरी कुमाल समुदायको बाक्लो उपस्थिति रहेको यस विद्यालयमा बीचमै कक्षा छाड्ने दर बढ्दो र केही विद्यार्थी विद्यालयको घेराभन्दा बाहिर रहेकाले उनीहरुलाई विद्यालय नियमित आउन बानी बसाल्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजाको लागि विद्यालयले एक जना कर्मचारीको व्यवस्था गरेको छ ।

कुमाल समुदायका १० जना बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेकोमा तीन जना बालबालिकालाई भर्ना गरिएको र अन्य सात जना बालबालिकामध्ये केही अपांगता भएको र केही आफ्नो गाउँभन्दा बाहिर भएकाले विद्यालय भर्ना अभियानमा सहभागी गराउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

गरीब, असाहय कुमाल समुदायका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउनको लागि रिब्दिकोट गाउँपालिकामा कार्यरत कर्मचारीले एक दिनको तलबबापत रु १६ हजार २००, गाउँपालिकाका अध्यक्ष नारायण जिसीले व्यक्तिगत रुपमा रु १२ हजार, पाल्पा काठमाडाँै सम्पर्क मञ्चले रु १० हजार, सामाजिक स्रोत विकास केन्द्रले रु १० हजार र अन्य संघ संस्थाबाट गरी रु एक लाख पाँच हजार अक्षयकोष स्थापना भएको छ ।

विद्यालय र गाउँपालिकाको संयुक्त खाता सञ्चालन गरी गरीब, असहाय र जेहेन्दार कुमाल बालबालिकाको लागि पूर्णरुपमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङ ३ मा कोमल वलीको अग्रता
दाङ ३ मा कोमल वलीको अग्रता
लिचिबारी प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न अदालतको आदेश
लिचिबारी प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न अदालतको आदेश
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
सरकारले चीनसँग जोडिएका नाकालाई खुलाउँदै लैजाने नीति लिएको छ: प्रदीप ज्ञवाली
आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च
आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च
अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस प्रणाली आजदेखि लागू
अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस प्रणाली आजदेखि लागू
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.

तपाईंले छुटाउनुभयो कि?