नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
सारांश
- काठमाडौं ।
- सशस्त्र प्रहरीमा भर्ना भएका एक प्रहरी सहायक निरीक्षकले नक्कली प्रमाणपत्र पेश गरेका भन्दै मुद्दा परेको छ ।
- सशस्त्रका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दले नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै उजुरी परेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरीमा भर्ना भएका एक प्रहरी सहायक निरीक्षकले नक्कली प्रमाणपत्र पेश गरेका भन्दै मुद्दा परेको छ ।
सशस्त्रका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दले नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै उजुरी परेको थियो । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा दर्ता गरेको छ ।
चन्दले माध्यमिक शिक्षा परिषद्को प्रमाणपत्र उत्तरप्रदेश, भारतबाट लिएको, प्रवीणता प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा सुविधा लिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा चन्द विरुद्ध मुद्दा दर्ता गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया