कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै

सारांश

  • काठमाडौं।
  • सभापति शेरबहादुर देउवाले बहुमतको अधारमा एकपछि अर्को गर्दै धमाधन निर्णय लिन थालेपछि अप्ठेरोमा परेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिको भेलापछि राहत महशुस गरेको छ।
  • जिल्ला सभापतिको भेलाले संस्थापन पक्ष दबावमा परेको छ।

काठमाडौं। सभापति शेरबहादुर देउवाले बहुमतको अधारमा एकपछि अर्को गर्दै धमाधन निर्णय लिन थालेपछि अप्ठेरोमा परेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिको भेलापछि राहत महशुस गरेको छ। जिल्ला सभापतिको भेलाले संस्थापन पक्ष दबावमा परेको छ। फलस्वरुप सभापति देउवाले सहमतिपूर्वक नै पार्टीलाई अगाडि बढाएर लैजाने प्रतिबद्धता जनाएका छन्। आफूविरुद्ध मोर्चाबन्दीमा लागेका जिल्ला सभापतिहरूसँग उनले पार्टीलाई सहमतिपूर्वक नै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पुस ११ गते बहुमतीय प्रक्रियामा गएर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि असन्तुष्टि जनाउँदै काठमाडौं आएका जिल्ला सभापतिहरूलाई उनले आफ्नै निवास बूढानीलकण्ठमा ‘लन्च पार्टी’ मा बोलाएका थिए । उनीहरू वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको पछिल्लो आन्तरिक द्वन्द्वका बारेमा छलफलका लागि बोलाएपछि काठमाडौं आएका थिए । ‘लन्च पार्टी’ का लागि गएका जिल्ला सभापतिहरूले देउवालाई ज्ञापनपत्र पनि बुझाए । संस्थापन इतर समूहका नेताहरूसँग तीन दिनसम्म सानेपामा चलेको छलफलपछि तयार गरिएको ज्ञापनपत्रमा पुस ११ को निर्णयपछि पार्टीमा चुलिएको विवाद तत्काल अन्त्य गरिनुपर्ने, क्रियाशील सदस्यता छानविन समिति गठन गर्नुपर्नेलगायत माग छन् । पार्टी्िभत्र अवसरको वितरण भागबण्डाका आधारमा नभएर योग्यता, क्षमता, योगदानका आधारमा गरिनुपर्ने माग उनीहरूले प्रमुख रूपमा उठाएका छन् ।

जिल्ला सभापतिहरूसँगको छलफलपछि देउवाले पार्टीलाई जिल्ला सभापतिहरूकै भावनाअनुरूप अगाडि बढाउने वचन दिएका थिए। ‘मैले तपाईंहरूको भावनालाई मैले बुझेँ। फेरि संवाद गर्दै सहमतिपूर्वक नै हामी पार्टीलाई अगाडि लिएर जान सक्छौं,’ देउवाको भनाइ थियो। कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले आफूहरूका कुरा सुनिसकेपछि सभापति देउवाले मिलेर जान तयार रहेको बताएको जानकारी दिए। ‘हामीसँग सभापतिले पार्टी सबैको हो, म मिलेर जाने पक्षमा छु भन्नुभएको छ,’ उनले भने। केसीका अनुसार देउवाले वार्ता टोलीका बीचमा कुरा बिग्रेको विन्दुबाटै पुनः छलफल सुचारु गर्न आफू तयार रहेको बताए । यद्यपि, संस्थापन इतर समूहले माग गरेझै सभापति देउवा केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन भने तयार भएनन्। उनले आफू मिलेर जाने वचन दिए पनि निर्णय सच्याउने विषयमा विस्तृत रूपले केही नखुलाएको केसीले जानकारी दिए।

जिल्ला सभापतिहरूले देउवालाई बुझाइएको ज्ञापनपत्र बिहीबारै वरिष्ठ नेता पौडेललाई पनि बुझाएको छ । नुवाकोट सभापति केसीले पार्टी कार्यालय सानेपा पुगेर पौडेललाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । मुलुकको वर्तमान परिस्थितिमा पार्टीलाई अझ एकताबद्ध र सुदृढ बनाएर लैजाने दायित्व र अभिभारा सभापतिकै भएको स्मरण गराउँदै जिल्ला सभापतिहरूले पार्टी्िभत्र उत्पन्न विवादलाई सुल्झाएर पार्टी्िभत्र बृहत् एकता र सहमति निर्माण गरी समयभित्रै महाधिवेशन सम्पन्न गर्न अविलम्ब कदम चाल्न ज्ञापनपत्रमार्फत आग्रह गरेका छन्।

पार्टी सभापतिलाई सम्बोधन गरेर लेखिएको ज्ञापनपत्रमा भनिएको छ, ‘पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बहुमतको निर्णयबाट सिर्जना भएको विवाद तत्काल अन्त्य हुनु आवश्यक छ । यसो हुन नसक्दा केन्द्रीय कार्यसमितिको निर्णयसम्बन्धी विवाद पार्टीको सबै तहसम्म पुग्ने अवस्था सिर्जना हुन सक्दछ ।’ File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मापदण्ड विपरीतका संरचना नहटाइए डोजर लगाइने
मापदण्ड विपरीतका संरचना नहटाइए डोजर लगाइने
प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभामा ३९ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभामा ३९ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
निषेधाज्ञा बारे कुनै निर्णय भएन, आज फेरि बैठक बस्दै
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ