माओवादी केन्द्र र फोरम नेपाल दुई÷दुई तथा काँग्रेस एक स्थानीय तहमा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५१ पटक हेरिएको
Shares
माओवादी केन्द्र र फोरम नेपाल दुई÷दुई तथा काँग्रेस एक स्थानीय तहमा विजयी

सारांश

  • लहान, ५ असोज (रासस) ः सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
  • प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।
  • माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले ंभगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली काँग्रेसले नवराजपुर गाउँपालिकामा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लहान, ५ असोज (रासस) ः सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले ंभगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली काँग्रेसले नवराजपुर गाउँपालिकामा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्नमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले दुई हजार ४३६ मत तथा उपाध्यक्षमा सोहि पार्टीका सियावतीदेवी मुखियाले दुई हजार २९९ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका क्रमशः गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । पासवानले चार हजार ३०९ मत र श्रेष्ठले चार हजार ३१३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ