प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी र एसपीमा बढुवा (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी र एसपीमा बढुवा (सूचीसहित)

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले एसपी र एसएसपीको बढुवासूची सार्वजनिक गरेको छ ।
  •   प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा २६ जना डिएसपी एसपीमा बढुवा भएका छन्।
काठमाडौँ । नेपाल प्रहरीले एसपी र एसएसपीको बढुवासूची सार्वजनिक गरेको छ ।  प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा २६ जना डिएसपी एसपीमा बढुवा भएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा शनिबार राति गृह सचिव प्रेमकुमार रााई  र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहितको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।
एसएसपी बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहेका छन् ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयले २६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ। 
बढुवामा पर्नेहरूमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल र रमेश थापा रहेका छन्।
bro(1).jpg
sis(1).jpg
fif(1).jpg

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?