अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
सारांश
- काठमाडाैँ, ५ असाेज ।
- चीनले रुससँग लडाकु विमान र क्षेप्यास्त्र किनेपछि अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको छ ।
- जसकारण वासिङ्टन र बेइजिङ् सम्बन्धमा चिसिएकाे छ ।
काठमाडाैँ, ५ असाेज । चीनले रुससँग लडाकु विमान र क्षेप्यास्त्र किनेपछि अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको छ । जसकारण वासिङ्टन र बेइजिङ् सम्बन्धमा चिसिएकाे छ । मस्कोमाथि लगाएको प्रतिबन्धको उल्लंघन भएको जनाउँदै अमेरिकाले चीनमाथि पनि प्रतिबन्ध लगाएको हो । चीनले हालसालै रुससँग १० वटा सुकोइ एसयु-३५ लडाकु विमान र एस-४०० क्षेप्यास्त्रहरु खरिद गरेको थियो ।
अमेरिका र उसका पश्चिमा सहयोगीहरुले २०१४ मा लगाएको प्रतिबन्धमा बेइजिङ संलग्न थिएन । त्यही बेला चीनले रुससँग लडाकू विमान किनेपछि हृवाइट हाउसले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको हो । यसले थप तनाव बढाउने देखिन्छ ।
चीनको उपकरण विकास विभाग (ईडीडी) र यसका प्रमुख ली साङ्फुलाई रुसको सरकारी हतियार निर्यातकर्ता रोसोबोरोन एक्सपोर्टसँग ‘महत्वपूर्ण कारोबारहरु’ गरेकोमा प्रतिबन्ध लगाइएको छ । ईडीडीस्लाई ‘ब्लक पर्सन्स लिस्ट’मा राखिएको छ, जसअनुसार उनीहरुको अमेरिकामा रहेकोसम्पत्ति सरकारी नियन्त्रणमा जानेछ र भने अमेरिकी नागरिकसँग कुनै पनि किसिमको व्यापार गर्न पाउने छैनन् । त्यसैगरि इडिडीलाई निर्यात लाइसेन्स दिन अस्विकार गरिएको छ र अमेरिकी वित्तीय प्रणालीबाट पनि निकालिएको छ ।
वासिङटनले रुससँग जोडिएका अन्य ३३ व्यक्ति र संस्थाहरुलाई पनि कालो सूचीमा राखेको छ । तर, रुसका एक राजनीतिज्ञले भने अमेरिकाको यस्तो प्रतिबन्धले रुसलाई हतियार र लडाकु विमान बिक्रि गर्न कुनै असर नगर्ने बताएका छन् ।
प्रतिक्रिया