प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)

सारांश

  • सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ ।
  •  सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रीहरुको कार्यप्रस्तुतिको बारेमा मुल्यांकन गर्न ओली र प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भएको खुलासा भएको छ ।
  • प्रधानमन्त्री ओलीकै आग्रहमा सरकारका केही मन्त्रीहरुले राम्रो काम गर्न नसकेको भन्दै उनीहरुलाई हटाएर नयाँ अनुहार ल्याउनेबारे हिजोको भेटवार्तामा छलफल भएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रीहरुको कार्यप्रस्तुतिको बारेमा मुल्यांकन गर्न ओली र प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भएको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीकै आग्रहमा सरकारका केही मन्त्रीहरुले राम्रो काम गर्न नसकेको भन्दै उनीहरुलाई हटाएर नयाँ अनुहार ल्याउनेबारे हिजोको भेटवार्तामा छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यस विषयमा अध्यक्ष प्रचण्डसँग यसअघि पनि प्रस्ताव राखेका थिए । तर, प्रचण्डले ओलीको आग्रहलाई नकार्दै आएका थिए ।

पछिल्लो समय सरकारविरुद्ध एक पछि अर्को प्रहार हुन थालेपछि दुवै अध्यक्ष मन्त्रीहरुले राम्रो काम गरेर देखाउन नसकेको निश्कर्षमा पुगेका छन् । मन्त्रीहरुले कामभन्दा बढि भाषणवाजी गरेकोले जनताले प्रत्यक्ष राहतको अनुभुति गर्न नसकेको ओलीको निश्कर्ष छ । अब ओलीले कठोर निर्णय लिने तयारी गरेका छन् । आफूले नै मन्त्री बनाएका प्रियहरुलाई नै हटाउने तहसम्म ओली पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको पछिल्लो समझदारीअनुसार चार मन्त्रीलाई तत्काल हटाउने तयारी भएको छ । अर्थमन्त्री विज्ञ भनिएपनि अहिलेसम्म प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको ओली खेमाकै नेताहरुको टिप्पणी छ । यसर्थ, ओलीले मन्त्री हटाउँदा आफूलै नै अर्थमन्त्री बनाएका डा. युवराज खतिवडालाई पहिलो निशानामा राखेका छन् ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको भूमिकाप्रति पनि ओली सन्तुष्ट छैनन् । एकपछि अर्को विवादमा मुछिएका महासेठलाई ओलीले यसअघि पनि सच्चिनको लागि चेतावनी दिएका थिए । तर, महासेठले आफूलाई सुधार गर्नुको साटो झनै विवादित हर्कतहरु देखाएको प्रधानमन्त्रीको सचिवालयको निश्कर्ष छ ।

ओलीले हटाउने अर्को मन्त्रीको लिष्टको नाममा महासेठ दोस्रो नम्बरमा परेका छन् । त्यस्तै, ओली र प्रचण्डबीच भएको भद्र सहमतिअनुसार कृषिमन्त्री चक्रपाणि खनाल र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई पनि फेर्ने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?