अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ।
  •   कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा पनि संचालनमा ल्याएको हो।

काठमाडौं, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ।  कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा पनि संचालनमा ल्याएको हो। सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यो सेवाले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण काम कार्वाहीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गरे।

उनले कम्पनी रजिष्ट्रारको कार्यालयलाई आफ्नो कार्य सम्पादनमा पनि यसले सहज बनाउने उल्लेख गरे।  त्यस अवसरमा मन्त्री यादवले श्रमको सम्मान गर्ने परिपाटीले मात्रै यस्ता सेवालाई प्रभावकारी ढंगले संचालन गर्न सकिने पनि बताए। कार्यक्रममा बोल्दै सो कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ईपेमेन्ट सेवा संचालन गरिएको बताए।
हाललाई इपेमेन्ट सेवामार्फत् १ लाखसम्म पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । चालू आर्थिक वर्ष भित्र सबै आर्थिक कारोबार इपेमेन्टमार्फत् गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयको योजना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?