पोखरा इञ्जिनियरिङ कलेजमा प्रर्दशनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पोखरा इञ्जिनियरिङ कलेजमा प्रर्दशनी

सारांश

  • पोखरा २५ फागुन ।
  • इञ्जिनियरिङका विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेज फिर्केमा छैटौं पेक इञ्जिनियरिङ एक्पो २०१८ बिहिबार देखि सुरु भयो ।
  • पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले प्रर्दशनीको उद्घाटन गर्दै पोखरालाई प्रविधीमैत्री शहर बनाउन विज्ञान र प्रविधी क्षेत्रका कलेजहरुसंग सहकार्य गर्ने बताए ।

पोखरा २५ फागुन ।

इञ्जिनियरिङका विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेज फिर्केमा छैटौं पेक इञ्जिनियरिङ एक्पो २०१८ बिहिबार देखि सुरु भयो ।

पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले प्रर्दशनीको उद्घाटन गर्दै पोखरालाई प्रविधीमैत्री शहर बनाउन विज्ञान र प्रविधी क्षेत्रका कलेजहरुसंग सहकार्य गर्ने बताए । उनले महानगरलाई चुस्त दुरुस्त बनाउने धारणा राखे । मेयर जिसीले अबको जमानामा अरुलाई अराउने भन्दा आफै काम गर्ने प्राविधिक चाहिएको बताए ।

पोखरा बिश्व विद्यालय विज्ञान तथा प्रविधी संकायका डीन वुद्धिराज जोशी, इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल सिचाई डिभिजन कार्यलयका इञ्जिनियर तुल्सी भट्टराई, कलेजका संस्थापक प्रिस्पिल लेखबहादुर गुरुङ, कलेजका रिसर्च एण्ड डेभलपमेन्ट चिफ सरोज गिरी विद्यार्थीहरु प्रतिमा गुरा गाई स्मृति बराल विनायक पौडेलले वोलेका थिए ।

इञ्जिनियरिङ, विज्ञान तथा प्रविधीको क्षेत्रमा नयाँ खोजहरु गर्न जोड दिन फागुन २४ र २५ गते प्रर्दशनी गर्न लागेको प्रिन्सिपल इञ्जिनियर लेखबहादुर गुरुङले जानकारी दिए । उनले विद्यार्थीहरुले विकसित गरेको नयाँ प्रविधीलाई उद्यमी तथा व्यवसायी बिच प्रस्तुत गर्न आयोजना गरिएको प्रदैशनीमा करिब ४० भन्दा बढी परियोजनाहरु राखिने बताए । ‘इञ्जिनियरिङ शिक्षा प्रयोगात्मक अभ्यासमा आधारित हुन्छ, ’उनले भने, ‘नियमित अभ्यास र अनुभव विना इञ्जिनियर बन्न नसकिने भएकोले नियमित रुपमा प्रदर्शनी गरी रहेका छौं ।’

कलेजका व्यवस्थापक चिजकाजी गुरुङले सार्वजनिक सवारीमा विद्यार्थी छुटको लागि प्रयोगमा ल्याइएका परिचयपत्र परिक्षण गर्ने मिस्टर स्क्यान,ट्राफिक बत्ती कन्ट्रोलर, विद्युतिय खपथ रोक्ने प्रविधी, भुकम्प प्रतिरोधी भवनको नमुना लगायतका प्रर्दशनीका मुख्य आकर्षणको रुपमा रहने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?