भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो

सारांश

  • काठमाडौं ।
  • भारतको मणिपुरहुँदै गैरकानुनी बोटाबाट अर्को देशतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौं ल्याइएको छ ।
  • मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पु¥याइएको आशंकामा ३२ जना पुरुष र १४७ जना महिलासहित १७९ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

काठमाडौं । भारतको मणिपुरहुँदै गैरकानुनी बोटाबाट अर्को देशतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौं ल्याइएको छ ।

मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पु¥याइएको आशंकामा ३२ जना पुरुष र १४७ जना महिलासहित १७९ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो । झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधबार काठमाडौँ ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?