नेपालले दियो रनको लक्ष्य 114

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेपालले दियो रनको लक्ष्य 114

सारांश

  • काठमाडौं ।
  • नेपालले यूएईलाई 114 रनको लक्ष्य दिएको छ ।
  • यूएईको दुबईस्थित आईसीसी एकेडमी मैदानमा जारी खेलमा टस हारेको नेपालले पहिला ब्याटिंग गर्दै 113 रन बनायो ।

काठमाडौं । नेपालले यूएईलाई 114 रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडमी मैदानमा जारी खेलमा टस हारेको नेपालले पहिला ब्याटिंग गर्दै 113 रन बनायो । नेपालले ३३ ओभर ५ बलमा 113 रन बनाउँदा सबै विकेट गुमायो ।

खराब ब्याटिंग गरेको नेपालका लागि सोमपाल कामीले सबैभन्दा धेरै रन बनाए । उनले ३० रनको योगदान दिएका थिए । चौथोक्रममा ब्याटिंग गरेका सोमपालले ४७ बलमा सो स्कोर बनाएका हुन् ।

यसपछि नेपालका मध्यक्रका ब्याट्सम्यान आरिफ शेखले ४३ बलमा २५ रनको योगदान दिए । नेपालका लागि कप्तान पारस खड्काले पनि ३६ बलमा २० रनको योगदान दिएका थिए । यसपछि भने सन्दीप लामिछानले १५ रनको योगदान दिए । उनी अन्तिम विकेटका रुपमा आउट भएका थिए ।

अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग गर्न नसकेको खेलमा नेपालका ३ जना खेलाडी शून्यमा आउट भएका थिए । ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी शून्यमा आउट भए ।

जवाफी ब्याटिंग गर्न यूएई केही समयपछि मैदानमा उत्रिनेछ ।

नेपाल र ईएईबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिंग गरेको छ । शून्य रनमा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले अर्का ओपनर विनोद भणडरीलाई स्कोर १६ पुग्दा गुमाएको छ ।

यस्तै टीमको स्कोर ४४ पुग्दा कप्तान पारसलाई गुमायो भने, त्यसपछि ४७ रनको स्कोरमा दिपेन्द्र सिंह ऐरी पनि शून्यमा आउट भए । यस्तै नेपालले ७५ रनको स्कोरमा सोमपाल कामीलाई गुमायो । सोमपाल अहिलेसम्म नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ३० रनको योगदान दिए । यस्तै टीमको स्कोर ७६ रन हुँदा अर्का ब्याट्सम्यान डेब्यूटान्ट पवन सर्राफ पनि ४ रन बनाएर आउट भए ।

लागतार विकेट गुमाएपछि नेपालको अवस्था नाजुक बनेको छ । बल स्वींग गर्दा नेपाली ब्याट्सम्यानहरुलाई खेल्न गाह्रो भइरहेको छ । दबै ओपनरलाई सस्तैमा गुमाएपछि कप्तानले प्रयोग गर्दै बलर सोमपाल कामीलाई चौथो नम्बरमा ब्याटिंगमा उतारेका छन् । उनले केही आकर्षक शर्ट पनि प्रहार गरेका छन् । सोमपाल मध्यक्रमका बलियो ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी र रारिफ शेखभन्दा पहिला ब्याटिंग गरेका हुन् ।
दुबईको आईसीसी एकेडमी मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिंग गरिरहेको छ । यूएईका कप्तान मोहम्मद नाभेदले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएका छन् ।

तीन खेलको सीरिज शुक्रबार शुरु भएको हो । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई)को मान्यता पाएपछिको यो दोस्रो सीरिज हो। यसअघि नेपालले नेदरल्याण्डसँग दुई खेलको सीरिज खेलेको थियो । आडिआईपछि नेपालले यूएईसँग तीन खेलको टी ट्वान्टी सीरिज पनि खेल्नेछ ।

यो सीरिज जित्ने टीमले १० हजार दिराम पुरस्कारसमेत पाउनेछ । नेपालले यो खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)को वरीयतामा समेत समावेस हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?