मालपोत र नापीका विकृति सुधार गरिनेछ : मन्त्री अर्याल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मालपोत र नापीका विकृति सुधार गरिनेछ : मन्त्री अर्याल

सारांश

  • काठमाडौँ, १० ,भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महीनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गर्नुभएको छ ।
  • रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षत्कारमा उहाँले असार मसान्तभित्र काठमाडाँै उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गर्नुभयो ।
  • मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुनेछ मन्त्री अर्यालले भन्नुभयो ।

काठमाडौँ, १० ,भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महीनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षत्कारमा उहाँले असार मसान्तभित्र काठमाडाँै उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गर्नुभयो ।
मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुनेछ मन्त्री अर्यालले भन्नुभयो ।

अहिले नापी र मालपोतमा सानोदेखि ठूलासम्म जुन कार्वाही भइरहेकोछ, त्यो सुशासन स्थापित गर्ने सन्दर्भमा भएको बताउँदै मन्त्री अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्ने जो कोहीलाई पनि सरकारले कानूनी कारवाहीको दायरामा ल्याएरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

भूमिको सही उपयोग गरी उत्पादन बढाउने र गरीबी घटाउने योजनाका साथ सरकारले निकट भविष्यमै ऐन पारित गरेर कार्यान्वयनमा जोड दिने जानकारी दिँदै उहाँले यसले किसानलाई प्रोत्साहन गर्ने तथा गुठीको संरक्षणलाई प्राथमिकता दिनेछ भन्नुभयो ।

मुक्तकमैया र हलियाका समस्या यसै आर्थिक वर्षभित्र सम्बोधन गर्न तथा गरीब घरपरिवारको पहिचान गरी प्रमाणपत्र उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?