बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२५ पटक हेरिएको
Shares
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति अर्का अध्यक्ष, उपाध्यक्ष र दुई वरिष्ठ नेताले आक्रोश व्यक्त गरेका छन्।
  • आइतबार प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा छलफल गरिरहेको भन्ने अभिव्यक्ति दिएका थिए।
  • सोही अभिव्यक्तिप्रति स्थायी कमिटी बैठकमा नेताहरुले आक्रोश व्यक्त गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति अर्का अध्यक्ष, उपाध्यक्ष र दुई वरिष्ठ नेताले आक्रोश व्यक्त गरेका छन्।

आइतबार प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा छलफल गरिरहेको भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिप्रति स्थायी कमिटी बैठकमा नेताहरुले आक्रोश व्यक्त गरेका हुन्।

बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले आपत्ति जनाएका हुन्।

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा भारतले होइन मैले मागेको हुँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर, मैले राजीनामा आज होइन वैशाख १७ गते मागेको हुँ। त्यो बेला नयाँ नक्सा जारी भएको थिएन।’

कसैले राजीनामा मागेको भए अर्थात् पदबाट हटाउन चाहेको भए पार्टीको आन्तरिक बैठकमा छलफल गर्न छोडेर सार्वजनिक कार्यक्रममा बोलेको भन्दै नेताहरु खनाल, नेपाल र गौतमलेसमेत आपत्ति जनाएका हुन्। नेताहरुले सरकार ढाल्न र प्रधानमन्त्री फेर्न कुन शक्ति लागेको हो त्यो प्रष्ट पार्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सोमबार प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो। छलफलमा यस्तो गम्भीर अभिव्यक्ति पार्टीको आन्तरिक बैठकमा नभनेर सार्वजनिक रुपमा भन्नु गलत भएको ठहर नेताहरुले गरेका थिए। प्रधानमन्त्रीले यस्तो सूचना पाउँदा राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्नुको साटो सार्वजनिक रुपमा भन्नु गलत भएको नेताहरुको भनाइ छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?