एकैदिन काठमाडौं उपत्यकामा ९०२ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १५ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय २ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय २ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ५ जनाको पिसीआर परिक्षणमा १५ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १हजार ५७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५६ हजार ४ सय २८ रहेको छ । काठमाडौं उपत्यकामा ९०२ थपिएका मध्ये काठमाडौंका ६९७ जना र ललितपुरका ११२ जना र भक्तपुरका ९३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?