अपाङ्गता भएकालाई अपहेलना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
अपाङ्गता भएकालाई अपहेलना

सारांश

  • बाजुरा, १४ फागुन , अपाङ्गता भएका व्यक्तिले राज्यबाटै आफूहरूलाई अपहेलना गरिएको गुनासो गरेका छन् ।
  • संरक्षकको जिम्मेवारीमा रहेको जिल्ला प्रशासन कार्यालयदेखि सङ्घीय संरचनाका तीन तहका सरकारबाटै अपहेलना गरिएको जिल्ला अपाङ्ग कल्याण सङ्घका अध्यक्ष मानबहादुर हमालले बताउनुभयो ।
  • राज्यले अपाङ्गता भएका व्यक्तिलाई दिने भनिएको सेवा र सहुलियत कुनै पक्षबाट पनि कार्यान्वयन नभएको अपाङ्गता भएका व्यक्तिको गुनासो छ ।

बाजुरा, १४ फागुन , अपाङ्गता भएका व्यक्तिले राज्यबाटै आफूहरूलाई अपहेलना गरिएको गुनासो गरेका छन् । संरक्षकको जिम्मेवारीमा रहेको जिल्ला प्रशासन कार्यालयदेखि सङ्घीय संरचनाका तीन तहका सरकारबाटै अपहेलना गरिएको जिल्ला अपाङ्ग कल्याण सङ्घका अध्यक्ष मानबहादुर हमालले बताउनुभयो ।

राज्यले अपाङ्गता भएका व्यक्तिलाई दिने भनिएको सेवा र सहुलियत कुनै पक्षबाट पनि कार्यान्वयन नभएको अपाङ्गता भएका व्यक्तिको गुनासो छ । सवारीसाधनमा दिने भनिएको छुटदेखि स्थानीय तहले दिने सेवासुविधासम्ममा अन्याय गरेको दुखेसो उनीहरूको छ । स्थानीय तह कार्यान्वनपछि सबैभन्दा बढी अन्याय र विभेद गरिएको हमालको गुनासो छ ।

राज्यका प्रतिनिधिलाई आफ्ना गुनासा सुनाउनसमेत मौका नमिलेको बडिमालिका नगरपालिका–९ मार्तडीकी बासमती थापा बताउनुहुन्छ । अपाङ्गताको किसिम हेरेर सीपमूलक र आयमूलक गतिविधितर्फ अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउनुपर्ने माग उनीहरुको छ । “राज्यले बनाएका सडक, कार्यालय तथा बैंक हुनेखानेका लागि मात्र भए, ह्वीलचियर गुडाउन मिल्ने छैनन्, पहाडको ठाउँ, उकालीओराली गर्दा निकै सास्ती हुन्छ, भएको विकासको हामीलाई हर्ष न विष्मात भएको छ”, बडिमालिका नगरपालिका–९ उखाडीका लालमणि उपाध्यायले भन्नुभयो ।

सामान्य अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र दिएर उनीहरूलाई सरकारी सेवामा जाने बाटो सहज बनाएको र आफूहरुलाई अपाङ्गताको भत्ता लिनसमेत सहज आवतजावतको वातावरण नबनाएकोप्रति उपाध्यायको गुनासो छ । विसं २०६८ को जनगणनाअनुसार बाजुरामा पाँच हजार ६९८ अपाङ्गता भएका व्यक्ति छन् । हालसम्म दुई २०० जनाले मात्र अपाङ्गता परिचयपत्र पाएका छन् । अधिकांश अपाङ्गता भएका व्यक्ति परिचयपत्र लिनबाट बञ्चित छन् । छुटेका अपाङ्गता भएका व्यक्तिले जिल्ला सदरमुकाम आएर परिचयपत्र बनाउन नसकेको अध्यक्ष हमालले बताउनुभयो । सरकारले क, ख, ग र घ किसिमको परिचयपत्र दिने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौरपानीमा जिप दुर्घटना ११ घाइते, चारको अवस्था गम्भीर
सौरपानीमा जिप दुर्घटना ११ घाइते, चारको अवस्था गम्भीर
रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
महिलामाथि निर्घाट कुटपिट गर्ने पर्वतका शिक्षक पक्राउ
महिलामाथि निर्घाट कुटपिट गर्ने पर्वतका शिक्षक पक्राउ
कलेजोबाट ५ किलो ट्युमर झिकियो, टिचिङमै प्रत्यारोपण तयारी
कलेजोबाट ५ किलो ट्युमर झिकियो, टिचिङमै प्रत्यारोपण तयारी
विश्वकप फुटबल २०२६ को उद्घाटन खेल र समाराेह मेक्सिकोमा हुने
विश्वकप फुटबल २०२६ को उद्घाटन खेल र समाराेह मेक्सिकोमा हुने
महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता
महिला साफ च्याम्पियनसिप: नेपाल समुह चरणकाे विजेता
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा
वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?