मनाङ सडक तीन साता बन्द हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ११, २०७३
|
|
३९५ पटक हेरिएको
Shares
मनाङ सडक तीन साता बन्द हुने

सारांश

  • हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ ।
  • बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो ।
  • सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ ।

हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ ।

डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको छ । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ ।

सडक मर्मतका लागि सवारी आवागमन बन्द गर्न परिपत्र आएकाले सार्वजनिक सूचना जारी गरी सो अवधिमा सवारी आवागमन बन्द गरिने लमजुुङका प्रअिज मोहन जिसीले बताए । सो सडकखण्डमा अति जोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?