धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु : बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले हेलिकप्टर दुर्घट्नामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
  • उनले आफ्नो फेशबुक पेजमा स्वर्गीय अधिकारीसँग आफू र कांग्रेस युवा नेता गगन थापा बसेको फोटो सेयर गर्दै लेखका छन् – “आफूले धेरै आशा गरेका एक जना युवा नेता रवीन्द्र अधिकारीको अिल्पायुमै आकस्मिक निधनले स्तब्ध छु!

नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेलिकप्टर दुर्घट्नामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले आफ्नो फेशबुक पेजमा स्वर्गीय अधिकारीसँग आफू र कांग्रेस युवा नेता गगन थापा बसेको फोटो सेयर गर्दै लेखका छन् –

“आफूले धेरै आशा गरेका एक जना युवा नेता रवीन्द्र अधिकारीको अिल्पायुमै आकस्मिक निधनले स्तब्ध छु! हेलिकप्टर दुर्घटनामा निधन भएका सबैमा हार्दिक श्रद्धान्जली !”

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले मन्त्री अधिकारीसँग सँगै यात्रा गरेको विमानभित्रको तस्बिर राख्दै ‘पीडा र आँशुसँगै हार्दिक श्रद्धाञ्जली’ लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उपप्रधानमन्त्री पोखरेलले सम्भावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने अवसर सधैँ सधैँका लागि अन्त्य भएको कुरा पत्याउन नसकिरहेको भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?