आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ

सारांश

  • भक्तपुर,३ असोज ।
  • आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा भक्तपुर नापी कार्यालयका सर्भेक्षक सिद्धराज जोशी रहेका छन् ।

भक्तपुर,३ असोज । आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नापी कार्यालयका सर्भेक्षक सिद्धराज जोशी रहेका छन् । जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित १ असोजमा पक्राउ गरेको हो ।जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले आठ हजार घुस रकम सहित भक्तपुर नगरपालिका वडा नं।९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?