महिलालाई प्रशिक्षित
सारांश
- गाईघाट ६,चैत।
- महिलाका सवालमा संबिधानले व्यवस्था गरेका बिषयबस्तुको जानकारी दिने उदेश्यले त्रियुगा नगरपालिकाले आयोजना गरेको तीन दिने अभिमुखिकरण बुधबार सम्पन्न भएकोछ ।
- नेपालको संबिधानले महिलाका धेरै किसिमका हकअधिकार सुनिश्चितता गरेपनि यसबारे स्वयंम महिला नै अनविज्ञ रहेकाले सचेतिकरण र कार्यान्वयनका लागि कार्यक्रम आयोजना गरिएको हो ।
गाईघाट ६,चैत। महिलाका सवालमा संबिधानले व्यवस्था गरेका बिषयबस्तुको जानकारी दिने उदेश्यले त्रियुगा नगरपालिकाले आयोजना गरेको तीन दिने अभिमुखिकरण बुधबार सम्पन्न भएकोछ ।
नेपालको संबिधानले महिलाका धेरै किसिमका हकअधिकार सुनिश्चितता गरेपनि यसबारे स्वयंम महिला नै अनविज्ञ रहेकाले सचेतिकरण र कार्यान्वयनका लागि कार्यक्रम आयोजना गरिएको हो ।
सोमबारबाट सुरु भएको कार्यक्रममा नगरपालिकाका १६ वटै वडाका महिलाहरु प्रतिनिधिमुलक उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा संबिधनले व्यवस्था गरेको समावेसी नीति, महिलाका नामबाट नागरिकता दिने अधिकार, सम्पतिको हक, प्रजनन अधिकार, लैगिंक विभेदका सवालमा प्रशिक्षित गरार्ईएको सहायक महिला विकास निरीक्षक निरु कार्कीले बताईन् ।
कार्यक्रममा लैगिंक हिंसाका सवालमा युएनएफपिएका चन्द्र ज्ञवाली, महिला अधिकार सम्बन्धि कानुनी व्यवस्था, सम्पतिको हक, वहुविवाह, बालविवाहका बिषयमा अधिवक्ता कृपाराम चौधरीले सहजिकरण गरेका थिए ।
त्यसैगरी लिङ्ग र लैगिंकता, मानवअधिकार, महिलाको प्रजनन् अधिकार, पुरानो संस्कारले पारेका असरका बारेमा महिला विकास अधिकृत शर्मिला देवकोटा र स्थानीय सरकार संचालन ऐन २०७४ मा महिला अधिकार सम्बन्धि गरिएका व्यवस्थाका बिषयमा सहायक महिला विकास निरीक्षक निरु कार्कीले सहजिकरण गरका थिए ।
कार्यक्रमको समापन गर्दै त्रियुगा नगरपालिका उपप्रमुख देविकुमारी चौधरीले सामाजिक रुपान्तरणका लागि आफ्नै घरबाट विगुल फुक्नु पर्ने भन्दै पुरुषले गर्ने काम महिलाले गर्न सक्दैन भन्ने सोचको अन्त्य गर्नु पर्ने बताईन् । उनले अझैपनि महिलामाथि हुने विभेद् नरोकिएकाले संबिधानद्धारा प्रर्दत अधिकारको अधिकतम सदुपयोग गर्न आग्रह गरिन् ।
प्रतिक्रिया