दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
सारांश
- काठमाडौं ।
- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई आज श्रद्धाञ्जली दिइँदैछ ।
- बिहिबार दिने भनिएको श्रद्धाञ्जली पोष्टमार्टममा ढिलाई भएपछि आजका लागि सारिएको थियो ।
काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई आज श्रद्धाञ्जली दिइँदैछ । बिहिबार दिने भनिएको श्रद्धाञ्जली पोष्टमार्टममा ढिलाई भएपछि आजका लागि सारिएको थियो । शव जलेर टुक्राटुक्रा भएकाले पोष्टमार्टम्का लागि समय लागेको हो ।
आज शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा शव राखिने भएको छ। टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिहरु, उच्चपदस्थ सरकारी अधिकारी, दलका नेता कार्यकर्ता, सर्वसाधारणलगायत श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसपछि अधिकारीको शव जन्मथलो पोखरा लगेर आफन्तलाई बुझाइ दाह संस्कार गर्ने बताइएको छ। अन्य मृतकको भने काठमाडौंमै दाहसंस्कार गर्ने तयारी छ। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित सातजनाको निधन भएको थियो।
प्रतिक्रिया