यात्रुलाई दुःख दिने ५२ ट्याक्सी चालक कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
यात्रुलाई दुःख दिने ५२ ट्याक्सी चालक कारवाहीमा

सारांश

  • काठमाडौँ, १८ फागुन- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।
  •  भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो ।
  • वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ, १८ फागुन- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो ।

वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिनुभयो । “ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि कारवाही अभियानलाई तीव्रता दिएको हो”, उहाँले भन्नुभयो ।

महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजारसम्म जरिवाना गरिने पन्तले बताउनुभयो ।

महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ । सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट्याक्सी चालकले ठगी गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले चालू आर्थिक वर्षमा मात्र ठगी गर्ने छ हजारबढी ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
शुक्रवार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?
शुक्रवार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए
फलेवासमा मकै भण्डारण घर निर्माण
फलेवासमा मकै भण्डारण घर निर्माण
इलामकी मुनाको दुबईबाट उद्धार
इलामकी मुनाको दुबईबाट उद्धार
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल