चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
२६ पटक हेरिएको
Shares
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय

सारांश

  • चितवन।
  • सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।
  • ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन्।

चितवन। सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो। चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र गठन समेत गठन गर्ने निर्णय गरेको छ। जसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ।
गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ।
साेमबारकाे बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्। [image: deuwa.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जानकीनगर वासी आन्दोलित
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
नेपालले पाँचौँ विकेट गुमायो
नेपालले पाँचौँ विकेट गुमायो
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
Breaking News : बिप्लब माओबादीले लुटे मटपेटिका ।
Breaking News : बिप्लब माओबादीले लुटे मटपेटिका ।
पार्टीको घोषणा पत्रअनुसार काम गर्छौँ : मन्त्री पोखरेल
पार्टीको घोषणा पत्रअनुसार काम गर्छौँ : मन्त्री पोखरेल
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
माउरिन्हो बने टोटेनहमको मुख्य प्रशिक्षक
माउरिन्हो बने टोटेनहमको मुख्य प्रशिक्षक
कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु
कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?