महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • चितवन, २१ फागुन , माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ ।
  • महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो ।
  • महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट रु दुई करोड ६२ लाख बचत भएको छ ।

चितवन, २१ फागुन , माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ ।

महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो । महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट रु दुई करोड ६२ लाख बचत भएको छ । महायज्ञका क्रममा आउने भक्तालुलाई आयोजकले देवघाटमै बस्ने तथा खाने सबै सुविधा प्रदान गरेकाले महायज्ञको व्यवस्थापनमा रु दुई करोडभन्दा बढी खर्च भएको हो ।

विसं २०५० मा स्थापना भएको गुरुकुलले कक्षा ६ देखि स्नातकोत्तरसम्म विद्यार्थीलाई आवासीय सुविधासहित पढाउँदै आएको छ । महायज्ञबाट बचत भएको रकमलाई अक्षयकोषमा राखेर संस्कृत शिक्षाको प्रवद्र्धनका लागि खर्च गरिने आश्रमका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?