काठमाडौमा यसरी चल्ने भो मेट्रो रेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौमा यसरी चल्ने भो मेट्रो रेल

सारांश

  • काठमाडाै, १६ वैशाख ।
  • सरकारले काठमाडौं उपत्यकाको रुट–२ मा मेट्रोरेल निर्माण तथा सञ्चालन गर्नका लागि विस्तृत सम्भाब्यता अध्ययनको कार्य अगाडि बढाउन तयार गरिएको आशयपत्र सम्बन्धि कागजात स्वीकृति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
  • रुट–२ अन्तर्गत नागढुङ्गा–कलङ्की–कोटेश्वर–धुलिखेललाई समेटिएको छ ।

काठमाडाै, १६ वैशाख । सरकारले काठमाडौं उपत्यकाको रुट–२ मा मेट्रोरेल निर्माण तथा सञ्चालन गर्नका लागि विस्तृत सम्भाब्यता अध्ययनको कार्य अगाडि बढाउन तयार गरिएको आशयपत्र सम्बन्धि कागजात स्वीकृति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

रुट–२ अन्तर्गत नागढुङ्गा–कलङ्की–कोटेश्वर–धुलिखेललाई समेटिएको छ । लगानी बोर्डको बैठकले लगानी बोर्डको कार्यालयको आगामी बर्षको बजेट कार्यक्रम समेत स्वीकृत गरेको छ । सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने गरी अन्य पाँच आयोजनाको सम्भाब्यता अध्ययनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इओआइ) सम्बन्धि कागजात पनि स्वीकृत गरेको छ ।

लगानी बोर्डको शनिवारको बैठकले शिशा उद्योग, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा र खेलकुद शहरको सम्भाव्यता अध्ययनका लागि इओआइ सम्बन्धि कागजात स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापनको समयसीमा असोज १२ गतसम्मका लागि थप गरी दिएको छ ।

बिरेठाँटीदेखि मुक्तिनाथसम्मको केबलकार आयोजना निर्माण गर्न मुक्तिनाथ दर्शन प्रालिलाई सरकारलाई दायित्व नपर्ने गरी विस्तृत अध्ययन गर्न स्वीकृति समेत दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीब्र बनाई अर्थतन्त्रलाई समेत गतिशील बनाउनु पर्ने बताएका छन् । उनले विकास निर्माणका काममा कुनै कानुनी अवरोध भए त्यसको निराकरणका लागि प्रस्ताव गर्न समेत लगानी बोर्डलाई निर्देशन दिएका छन् । बैठकमा वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डका प्रस्तावहरु र कार्यालयले सहजीकरण गरिरहेका आयोजनाहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?