एकाएक गायब भएका सिके राउत कहाँ छन् र के गर्दैछन् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
एकाएक गायब भएका सिके राउत कहाँ छन् र के गर्दैछन् ?

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आउने भनिएका सिके राउत समर्थक समूहले स्वतन्त्र मधेशको नारा लगाएपछि सरकार झस्किएको छ ।
  • तर, सरकारसँग सहमति गरेलगत्तै राउत एकाएक गायब भएका छन् ।

काठमाडौं, २८ फागुन । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आउने भनिएका सिके राउत समर्थक समूहले स्वतन्त्र मधेशको नारा लगाएपछि सरकार झस्किएको छ । तर, सरकारसँग सहमति गरेलगत्तै राउत एकाएक गायब भएका छन् ।

उनका दाई जयकान्त राउतले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार सिके राउत यतिवेला जनकपुरमा छन् । उनी अब कसरी प्रस्तुत हुने भन्दै रणनीति बनाउनमा व्यस्त छन् । सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन नहुने हो कि भन्नेमा सरकार सचेत छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि संसदमा सांसदहरुको प्रश्नको उत्तर दिँदै राउतले सहमति पालना गर्ने विश्वास दिलाएका थिए ।

दाजु जयकान्तका अनुसार राउत नेकपामा प्रवेश गर्ने तयारीमा छैनन् । उनी केही समय मधेशी जनताको अधिकारको लागि लड्ने तयारीमा छन् । स्वतन्त्र मधेशको अधिकार स्थापित गर्नेबारे जनमतसंग्रह गर्नुपर्ने अडानमा रहने वा आवद्यिक निर्वाचनमा जाने भन्नेबारे राउत अहिले आन्तरिक छलफलमा छन् ।

राउतले मूलधारको राजनीतिमा आउने घोषणा गरेसँगै मधेसका राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणले आ–आफ्नै ढङ्गले तर्क र व्याख्या गरिरहेका छन् । पृथकतावादी माग राखेर हिँडेका राउत एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेर मूलधारको राजनीतिमा अवतरण भएको घोषणा भएपछि मधेसमा जातीय तथा क्षेत्रीय राजनीति गर्नेहरु पनि आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
नेकपा एकताको काम पूरा, सोमबार घोषणा हुने
नेकपा एकताको काम पूरा, सोमबार घोषणा हुने
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
चक्रपथ विस्तार :  काम सुरु हुन एक वर्ष लाग्ने
चक्रपथ विस्तार : काम सुरु हुन एक वर्ष लाग्ने
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
फेरी घट्यो पेट्रोल डिजेलको मूल्य
फेरी घट्यो पेट्रोल डिजेलको मूल्य

तपाईंले छुटाउनुभयो कि?