हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
सारांश
- विश्व साच्चिकै अनौठो र अदुभुत रहेको छ ।
- हामीले सोचेभन्दा धेरै अनौठा घटनाहरु विश्वमा घट्दै आइरहेका छन् ।
- मानिसले बसोबास गर्दै आइरहेको घर वा मानिस नै गायब भएका घटना पनि बेलाबेलामा पृथ्वीमा घट्दै आइरहेको छ ।
विश्व साच्चिकै अनौठो र अदुभुत रहेको छ । हामीले सोचेभन्दा धेरै अनौठा घटनाहरु विश्वमा घट्दै आइरहेका छन् । मानिसले बसोबास गर्दै आइरहेको घर वा मानिस नै गायब भएका घटना पनि बेलाबेलामा पृथ्वीमा घट्दै आइरहेको छ । यो त भयो गाउँ वा मानिस गायव भएको घटना विश्वको केही शहरहरु नै गायव पनि भएको पाइन्छ । धेरै वर्ष पहिले होण्डुरसमा रहेको एक शहर नै गायब भयो । एकाएक शहर हराए पछि मानिसहरु अचम्मित मात्रै भएनन्, त्रसित पनि बने ।
तर वर्षौको खोज र अनुसन्धान पछि हराएको त्यो शहर फेला परेको थियो । हजारौँ वर्ष पहिले मध्य अमेरिकी देश होन्डुरसमा त्यो शहर थियो । सो समयमा त्यो सबैभन्दा धनी शहरको रुपमा चर्चित थियो । घना जंगल तथा पहाडको बीचमा रहेको त्यो शहर निकै सुन्दर पनि थियो । तर एकाएक त्यो शहर त्यहाँबाट गायब भयो । किम्बदन्ती अनुसार सो सहरका बासिन्दाले शहरका देवता, जसलाई ‘मंकी गड’ भनिन्थ्यो उनको अपमान गरेछन् । त्यसपछि रिसाएका भएका मंकी गडले श्राप दिए । देवताको श्रापका कारण शहर एकै रातमा हरायो । इतिहासमा चर्चा गरिएको यो शहरको खोजी गर्ने प्रयास धेरै वर्ष अघि देखि भइरहेको थियो । तर खोजी गर्न जादा पनि त्यसमा अनौठो भएको थियो । जो मानिस त्यो स्थानमा खोजीका लागि जान्थे उनीहरुमा छालाको समस्या देखा पर्दथ्यो ।
त्यसपछि उनीहरुको अनुसन्धान बीचै रोकिन्थ्यो । तर नेशनल जियोग्राफी च्यानलका डग्लस प्रेस्टनको टोलीले त्यो शहर पत्ता लगाएरै छाड्यो । प्रेस्टनको टोलीले सन् २०१५ देखि नै मध्य अमेरिकाका घना जंगलहरुमा हराएको शहरको खोजी शुरु गरेका थिए । मोस्क्युटा जंगलमा हराइरहँदा प्रेस्टनको टोलीले केही यस्तो देख्यो जसबाट उनीहरुमा आशाको किरण जन्मियो । जमिनमा मूर्तिहरुका केही संकेत देखिए । अन्ततः त्यहाँ उत्खनन गर्दा प्राचीन शहर रहेको तथ्य फेला पर्यो । त्यहाँ मंकी गडका केही मूर्तिहरु पनि फेला परे । यो सँगै लामो समय देखि हराएको रहस्यको शहर फेला परेको हो ।
प्रतिक्रिया