चक्रपथ विस्तार : काम सुरु हुन एक वर्ष लाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
४८ पटक हेरिएको
Shares
चक्रपथ विस्तार :  काम सुरु हुन एक वर्ष लाग्ने

सारांश

  • काठमाडौं ।
  • चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ ।
  • चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

काठमाडौं । चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डिपिआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए । अध्ययनका लागि अझै छ महिना लाग्ने र अर्को छ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए । उनले भने, “सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिकरुपमा काम हुनेछ ।”

अध्ययन सकिएपछि उनीहरुले नै ठेक्का लगाएर काम गर्ने उनले बताए । गत वर्ष नेपाल आएका चिनियाँले कलङ्कीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए ।

चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा जैसीले बताए । मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए । सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौंले काम गरिरहेको उनले बताए ।

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक÷एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो । बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ ।

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो । ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ ।

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो ।

सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई÷दुई गरी जम्मा चार लेन रहेको छ । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुवै जिल्लामा रहेको छ । दोस्रो खण्ड भने काठमाडौंमा मात्रै रहेको छ ।

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट वसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई महासंघको लोगो अंकित झण्डा
सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई महासंघको लोगो अंकित झण्डा
कांग्रेस म्याद गुज्रिएको औषधि हो: ओली
कांग्रेस म्याद गुज्रिएको औषधि हो: ओली
नेपाल आइडल विजेता रवि ओडलाई मातृ शोक
सभामुखबारे अनिर्णीत हुँदा प्रतिनिधिसभा सत्तापक्षको बन्धक
सभामुखबारे अनिर्णीत हुँदा प्रतिनिधिसभा सत्तापक्षको बन्धक