शुक्रबारको दिन गाडी चलाउन बन्द गर्ने:थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ३०, २०७३
|
|
१०६५ पटक हेरिएको
Shares

सारांश

  • स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् ।
  • उनले वायु प्रदुषणका कारण काठमाडौंको अवस्था इँटा भट्टामा बसेको जस्तो भएको भन्दै  हरेक शुक्रबारलाई ‘फि्र भेइकल डे’ अर्थात् शुक्रबारको दिन गाडी चलाउन बन्द गर्नेदेखि निश्चित समयपछि उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने नीति अपनाउने प्रस्ताव अघि सारेका छन् ।
  • मन्त्री थापाको प्रस्ताव अनुसार हरेक शुक्रबारलाई फि्र भेइकल डे घोषणा गर्नुपर्ने र यो दिन अत्यावश्यक सेवा बाहेकका कुनै पनि सवारी चलाउन पाइने छैन ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् ।

उनले वायु प्रदुषणका कारण काठमाडौंको अवस्था इँटा भट्टामा बसेको जस्तो भएको भन्दै  हरेक शुक्रबारलाई ‘फि्र भेइकल डे’ अर्थात् शुक्रबारको दिन गाडी चलाउन बन्द गर्नेदेखि निश्चित समयपछि उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने नीति अपनाउने प्रस्ताव अघि सारेका छन् ।

मन्त्री थापाको प्रस्ताव अनुसार हरेक शुक्रबारलाई फि्र भेइकल डे घोषणा गर्नुपर्ने र यो दिन अत्यावश्यक सेवा बाहेकका कुनै पनि सवारी चलाउन पाइने छैन ।

उनले वायु प्रदुषणले स्वास्थ्यमा पारेको प्रभाव र त्यसको समाधानका लागि भन्दै पाँच पृष्ठ लामो प्रस्ताव क्याबिनेटमा पेश गरेका छन् । प्रस्तावमा तत्काल एक्सनमा जाने गरी उच्चस्तरीय कमिटी बनाउने उल्लेख गरेका छन् ।

उनका अनुसार काठमाडौं उपत्यकाको हावामा २.५ माइक्रोन भन्दा मसिना कण, जुन श्वासनलीमार्फत सिधै फोक्सोमा पुग्छ, यसको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पाँच गुणा पुगिसकेको उल्लेख गरेका छन् । उपत्यकाको हावामा पीएम २.५ को मात्र ४८ माइक्रोग्राम/घनमिटर पाइएको छ । जबकी मापदण्ड अनुसार १० माइक्रोग्राम/घनमिटर हुनु पर्ने हो । यो मात्रा जाडो महिनामा सबैभन्दा बढी र २४ घन्टामा विहान ८ देखि १० बजेसम्म सबैभन्दा बढी भएको देखिएको छ ।

मन्त्री थापाले प्रधानमन्त्री स्वंमले चासो नलिने र मन्त्रिपरिषदले सवन्धित निकायलाई परिणाममुखी काम गर्न निर्देशन नदिने हो भने वायु प्रदुषणका कारण ज्यान जोखिममा पर्नेको संख्या दैनिक बढ्ने बताएका छन् ।

मन्त्री थापाले वायु प्रदुषण न्यूनिकरणलाई तत्काल अपलम्बन गर्नु पर्ने पाँच कदम पनि प्रस्ताव गरेका छन् । मेलम्चीको खानेपानीको पाइप विछ्याउने कामका कारण सडकको अवस्था विकराल भएको भन्दै उनले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् ।

सडक खनेपछि तत्काल ग्राभेल, अस्थायी कालोपत्रे गर्नु पर्ने, विकास निर्माणका काम गर्दा प्लास्टिकका टनेल निर्माण गरी ढाकछोप गरेर मात्र काम गर्नुपर्ने र काम भइरहेको स्थानमा पनि दिनमा दुईपटक पानी छर्कने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । धुलो तान्ने मेसिन प्रयोगमा ल्याउनु पर्ने, गुणस्तरीय मास्कको प्रयोग बृद्धि गर्नुपर्ने स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।

दिर्घकालीन योजना अन्तरगत पैदल यात्री र साइकल यात्रीलाई प्रोत्सान गर्नु पर्ने प्रस्तावमा उल्लेख छ । साथै सरकारले समय तोकेर काठमाडौं उपत्यकाभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई उपत्यकामा गुड्न रोक लगाउने घोषणा गर्ने र त्यसअनुसार नीति बनाउने उनले प्रस्ताव अघि सारेका छन् ।

‘पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतिकरण गर्न चाहनेलाई अनुदानको व्यवस्था गर्ने र योजना निर्माण गर्दा ऊर्जाको उत्पादनसँग संगतीपूर्ण हुने गरी ऊर्जा क्षेत्रको विकास पनि गर्दै जाने,’ स्वास्थ्यमन्त्री थापाको प्रस्तावमा भनिएको छ ।

साथै मास ट्रान्जिटलाई सरकारको प्राथमिक कार्यक्रम बनाउने र इँटा भट्टा तथा अन्य उद्योगलाई व्यवस्थित गर्ने पनि स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
नेपालमा मैले सोचेको कम्युनिष्ट र मैले पाएको कम्युनिष्ट
नेपालमा मैले सोचेको कम्युनिष्ट र मैले पाएको कम्युनिष्ट
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
बर्दिबासमा गएराति बम विष्फोट
बर्दिबासमा गएराति बम विष्फोट
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
सिंहदरबारभित्र ट्राफिक जाम
सिंहदरबारभित्र ट्राफिक जाम
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?