चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
सारांश
- इलाम, ११ असार ।
- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असोज २ अगावै तेस्रो चरणको चुनाव गर्न सरकारसँग माग गरेको छ ।
- दोस्रो चरणको चुनावी तयारीका सिलसिलामा गृहजिल्ला पुगेका एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताउनुभयो ।
इलाम, ११ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असोज २ अगावै तेस्रो चरणको चुनाव गर्न सरकारसँग माग गरेको छ ।
दोस्रो चरणको चुनावी तयारीका सिलसिलामा गृहजिल्ला पुगेका एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाउनुभयो । सरकारले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमा दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्नेगरी असोज दुई गतेलाई सारेको थियो ।
पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो । एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उहाँको भनाइ छ ।
नेता खनालले इलामको पर्यटकीयस्थल, सम्भावनायुक्त र आर्थिक समृद्धि हुने क्षेत्र भएकाले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया