रेशम चाैधरी निर्दाेष छन् : अनिल झा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन्।
  • उनले राजपा शान्तिपूर्ण आन्दोलनको लाइन नछोडेको दाबी गर्दै माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन मै रहने बताए।
काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन्। उनले राजपा शान्तिपूर्ण आन्दोलनको लाइन नछोडेको दाबी गर्दै माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन मै रहने बताए। 
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले भने, ‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने नै छ। अहिले रेशम चौधरीको कुरा पनि त्यही मधेश र थरुहट आन्दोलनसँग जोडिएको टिकापुर घटनामा आधारित भएर भएको हो। त्यसरी टिकापुर घटनामा आधारित भएर भएको रेशम चौधरीलाई आजिवन कारावास सजाय, रेशम चौधरी कुनै अपराधिक गतिविधिमा संलग्न व्यक्ति थिएनन्।’
उनले टिकापुर घट्नामा चौधरी संलग्न पनि नभएको जिकिर गरे। झाले थपे, ‘जुन दिन त्यो घटना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन्। अर्को दिन, थारुहरुको जुन प्रकारको अस्मिता, सम्पत्ति, इज्जत सबै लुटियो । त्यो घटनाको बास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छ जस्तो  लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर।’
उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ। उनले भने, ‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो –गर्यो। मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाइ पनि पक्कै पनि हेर्नेछ । र, मुद्दाको सबै अंग, सबै घट्नाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन्।’
आफ्नो पार्टीले पनि गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको झाले जनाए। 
उनले थपे, ‘हामी कुनै पूर्व सहमति नभएमा संसदमा फेरि पनि त्यसको विषयमा कडा आवाज उठाउने नै छौं । जहाँसम्म रेशम चौधरीलाई भैसकेको सजाय छ, कुनैपनि तहको अदालतले हामी विधिको शासन मान्नेहरुको बारेमा गर्ने फैसला र निर्णयलाई हामी स्विकार गर्दछौं।’
सरकारले विप्लवमाथि हिजोबाट लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने,‘यो कुरा त के हो भने जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ। यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्दथ्यो। २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन् प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनैपनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ।’

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?