बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

सारांश

  • काठमाडौ ।
  • प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई बैंकिङ क्षेत्रको पछिल्लो स्थितिका बारेमा जानकारी गराउन निर्देशन दिएको छ ।
  • अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई सात दिनभित्र बैंकहरुले के कस्ता क्षेत्रमा कति लगानी गरे सोको जानकारी सात दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

काठमाडौ । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई बैंकिङ क्षेत्रको पछिल्लो स्थितिका बारेमा जानकारी गराउन निर्देशन दिएको छ । अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई सात दिनभित्र बैंकहरुले के कस्ता क्षेत्रमा कति लगानी गरे सोको जानकारी सात दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

 

मंगलबार बसेको समितिको बैठकले बैंकिङ क्षेत्रमा बेला–बेलामा हुने तरलताको अवस्थालाई सम्बोधन गर्ने उपायसहित अहिले बजारमा तरलताको स्थितिका बारेमा एक सताभित्र समितिमा जानकारी पठाउन निर्देशन दिने निर्णय गरेको छ ।

अर्थ समितिले लामो अवधिको पूँजी परिचालनको योजना पनि राष्ट्र बैंकसँग मागेको छ । यस्तै वित्तिय क्षेत्र कार्यक्रम सुधारको अवस्था र त्यसको प्रभाव, मर्जर र एक्विजिसन पश्चात बैंक तथा वित्तिय क्षेत्रमा देखिएको असर, बैंक तथा वित्तिय संस्थाहरु संस्थागत सुसासनमा कस्ता छन्, विपन्न बर्ग कर्जा वास्तविक विपन्नले प्रयोग गर्न सके÷नसकेको अवस्था बारे पनि समितिले जानकारी मागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?