पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
६५ पटक हेरिएको
Shares
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या

सारांश

  • रुकुम, २६ असार ।
  • दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ ।
  • पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।

रुकुम, २६ असार । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले उहाँकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पु¥याएको प्रहरी निरीक्षक रजालीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
सर्वोच्च अदालतको बार एसोसियसन अध्यक्षमा अधिकारी निर्वाचित
सर्वोच्च अदालतको बार एसोसियसन अध्यक्षमा अधिकारी निर्वाचित
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
सलमान खान चन्द्रागिरि चढ्ने
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
असोज २२ गते बुधबारको राशिफल यस्तो छ
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने