फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ

सारांश

  • काठमाडौं ३० फागुन ।
  • संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ।
  • तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने सक्नुहुन्न।

काठमाडौं ३० फागुन । संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने सक्नुहुन्न।

फेसबुक पेजमा कतिपय भिडियो तथा लिंकहरू सेयर गर्न तथा म्यासेन्जरमा म्यासेज पठाउन सकिरहेको छैन। टेक्नोलोजी साइट भर्जले डेस्कटप भर्सनमा म्यासेन्जर लोड नभएको तथा इन्स्टाग्रामको नयाँ पोस्ट क्रियट गर्ने बटनले समेत काम नगरेको लेखेको छ। यद्यपि मोबाइल भर्सनमा भने म्यासेन्जरले काम गरिरहेको छ।

यस्तै अर्को टेक्नोलोजी साइट म्यासेबलले पनि फेसबुक इन्कको स्वामितवमा रहेका फेसबुक र इन्स्टाग्राम दुबैले अजिबखालको व्यवहार गरेको खबर छापेको छ। उसले फेसबुककै अर्को म्यासेजिङ एप ह्वाट्सएपले पनि काम नगरेको लेखेको छ।

फेसबुकले प्रयोगकर्ताको समस्या थाहा पाएको र जतिसक्दो चाँडो समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?