कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम

सारांश

  • २४ कात्तिक, पोखरा ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीमा प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने भएको छ ।
  • राप्रपा केन्द्रले १ सय ४५ स्थानमा आफ्नो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेपनि राप्रपा कास्कीले प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने घोषणा गरेको हो ।

२४ कात्तिक, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीमा प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने भएको छ । राप्रपा केन्द्रले १ सय ४५ स्थानमा आफ्नो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेपनि राप्रपा कास्कीले प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने घोषणा गरेको हो ।

राप्रपा कास्कीले प्रतिनीधिसभामा कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी दर्ता गरेको छैन भने प्रदेशसभामा ५ क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले कास्की १ को प्रदेश क्षेत्र नम्बर १, कास्की २ को प्रदेश क्षेत्र नम्बर १ र २ तथा कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ र २ मा उम्मेदवारी दिएको हो ।

कांग्रेसले कास्कीमा प्रदेशसभातर्फ ३ वटा क्षेत्र राप्रपालाई दिने सहमति भएपनि पालना नगरेको उसको आरोप छ ।

राप्रपा कास्कीले प्रदेश सभातर्फ कास्की १ को प्रदेश क्षेत्र नम्बर १ मा देउबहादुर गुरुङ ‘”ुव’, कास्की २ को प्रदेश क्षेत्र नम्बर २ को १ मा विष्णु खड्का कार्की र २ मा विष्णु बहादुर खत्री, कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ मा धनुमाया कोइराला र २ मा केदारनाथ पौडेललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?