डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
सारांश
- काठमाडौँ ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्मा १० दिनदेखि अनसनमा बसेका डा.
- गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्मा १० दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । डा. केसीको मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको धड्कन बढ्ने, समयमा पिसाब नहुने जस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।
डा. केसीले स्वास्थ्य अवस्था बिग्रेपनि अत्यावश्यक औषधिसमेत लिन मानेका छैनन् । उपचारमा संलग्न डाक्टरका अनुसार केसी अक्सिजन र स्लाइनका भरमा छन् । उनले अरु कुनैपनि औषधि लिन मानेका छैनन् ।
केसीले स्वीकृति नदिएकाले औषधि चलाउन नसकेको चिकित्सकको भनाइ छ । स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सकबाट पनि डा। केसीले सेवा लिन मानेका छैनन् । डा. केसीले अध्यादेशकै स्वरुपमा चिकित्सा शिक्षा विधेयक नआएसम्म अनसन नत्याग्ने अडानमा छन् । अनसन नतोड्ने बरु, मर्न तयार हुने केसीको अडान छ ।
डा. केसीको मागप्रति समर्थन जनाउँदै स्थानीयको सहभागिता बढ्दै गएको छ । केसीको मागको समर्थनमा आन्दोलन थालेको नागरिक समाज जुम्लाले तत्काल माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
Netra Ghimire
३ कराेड जनताका तारा। अर्काे स्वास्थ्य र शिक्षाका लागि जिनव अाहुति दिंदै।
Ishwar Kunwar
xeto bato roja ko abasta