भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’

सारांश

  • नयाँ दिल्ली।
  • भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन्।
  • नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन् ।
Home_Minister_Rajnath_Singh_File_Pic__1537495247.jpeg

नयाँ दिल्ली। भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन्।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे । उनले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।’
यसैबीच भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध अझै राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् ।
राजदुत आचार्यले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अहिलेपनि सुमधुर छ, राम्रो छ, तर यसलाई अझै राम्रो बनाउनुपर्छ । यसको लागि म लागिरहेको छु।’
आफू द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन केन्द्रित भएको र यसको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले भने,‘अहिले नेपाल र भारतबीचको सम्बन्ध सही ट्रयाकमा छ ।’ आचार्यले अहिले दुई देशबीचको सम्बन्ध राम्रो हुनुमा भारतले नेपालको आन्तरिक मामिलामा कुनै चासो नदिनु नै मुख्य कारण रहेको सुनाए ।
उनले यसअघि नेपालको राजनीतिमा भारतको चासो रहेको भएपनि अहिले कुनै चासो नरहेको आफूले पाएको पनि स्पष्ट पारे । उनले भने,‘नेपालमा जो प्रधानमन्त्री बनेपनि भारतले सहयोग गर्छ । मिलेर काम गर्छ ।’ नेपालको विकास र समृद्धिप्रति भारत सकारात्मक रहेको पनि उनले विश्वास दिलाए ।

यसैबीच भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका भारत तर्फका निवर्तमान संयोजक भगतसिंह कोशियारीले लोकसभाको निर्वाचन सम्पन्न भैसकेपछि दुवै देशका कार्यकारी प्रमुखले आफूहरुले तयार पारेको प्रतिवेदन बुझ्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘हामीले तयार पारेको यो संयुक्त प्रतिवेदन कोशेढुंगा सावित हुन्छ । कुनै असहमति छैन । प्रधानमन्त्री मोदीजीले समय अभावका कारण प्रतिवेदन बुझ्न नभ्याउनुभएको हो । अब निर्वाचनपछि बुझ्नुहुन्छ ।’
उनले उक्त प्रतिवेदनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखा परेका अहिलेका र विगतका सबै समस्याको समाधान गर्ने पनि ठोकुवा गरे । उनले थपे,‘यो प्रतिवेदन हामीले धेरै मेहनत गरेर बनाएका छौं । प्रतिवेदनलाई लिएर भारतीय सरकारको कुनै असन्तुष्टि छैन् ।’
उनले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यैपनि नभएको स्पष्ट पारे । उनले भने,‘अहिले दुई देशबीचको सम्बन्ध धेरै सुमधुर छ । नेपालको विकास र समृद्धिमा भारतले सदैव सहयोग गर्छ ।’ नेपालमा अब हुन गैरहेको लगानी सम्मेलनमा भारतबाटपनि गहकिलो उपस्थिति हुने उनको भनाई छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड फेरि विवादको घेरामा…..
प्रचण्ड फेरि विवादको घेरामा…..
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन एक खर्ब लाग्ने
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
नेपाल र भारत एउटै : मुख्यमन्त्री योगी आदित्यनाथ
नेपाल र भारत एउटै : मुख्यमन्त्री योगी आदित्यनाथ
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

तपाईंले छुटाउनुभयो कि?