प्रचण्ड फेरि विवादको घेरामा…..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
प्रचण्ड फेरि विवादको घेरामा…..

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि विवादमा तानिएका छन्।
  • चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा दाहालले नेपाल इण्डो प्यासिफक रणनीतिसँग नेपाल सहमत नरहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएपछि उनी विवादमा आएका हुन् ।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि विवादमा तानिएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा दाहालले नेपाल इण्डो प्यासिफक रणनीतिसँग नेपाल सहमत नरहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएपछि उनी विवादमा आएका हुन् । चिनियाँ विदेश मन्त्रालयले ‘नेपाल तथाकथित इण्डो–प्यासिफिक रणनीतिसँग नेपालको असहमति’ रहेको दाहालले बताएको उल्लेख गर्दै विज्ञप्ति निकालेको थियो। उक्त विज्ञप्तिपछि अमेरिकाले नेपाल सरकारसँग इण्डो प्यासिफिक रणनीतिबारे नेपालको धारणा मागेको विषय प्रतिनिधिसभा बैठकमा समेत उठेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पम्फा भुसालले अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेको हो कि होेइन भन्दै सरकारको आधिकारिक धारणा माग गरिन् । ‘प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भको र अहिले चर्चामा रहेको इण्डो–प्यासिफिक रणनीतिको हिस्सा नेपाल नभएको भन्नुभएको कुरालाई लिएर अमेरिकन राजदूतले नेपाल सरकारसँग स्पष्टीकरण माग गरेको कुरा बाहिर आएको छ । यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ’, उनले भनिन् ।

भुसालले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको र इण्डो प्यासिफिकमा नेपाल औपचारिक रूपमा संलग्न नरहेकोले कुनै एउटा देशको रणनीतिमा लाग्नुहुन्न भन्नेमा प्रतिबद्ध रहन पनि आग्रह गरिन् । यस्तै, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पनि सरकारले देखाएको कूटनीतिक अपरिपक्वताले नेपाल नै रहने कि नरहने भन्ने चुनौती खडा गरेको बताए ।
‘सत्तारूढ दलका अध्यक्षले हामी इण्डो–प्यासिफिकमा छैनौं भन्नुभएको छ,’ सिंहले भने, ‘जबकि त्योभन्दा पहिला पेण्टागनबाट आएको थियो कि नेपाल इण्डो–प्यासिफिकको एउटा अंग हो । नेपालका परराष्ट्रमन्त्रीलाई कोट गरेर उनीहरूले लेखेका छन् ।’

१ जुन २०१९ मा अमेरिकाको रक्षा विभागले ५५ पानाको इण्डो–प्यासिफिक रणनीति प्रतिवेदन सार्वजनिक गर्दै नेपालको बारेमा पनि उल्लेख गरिएको छ । अमेरिकाले नेपालसँग सुरक्षा सम्बन्ध प्रगाढ बनाउन खोजिरहेको, मानवीय सहायता र विपत्ति राहत कार्यक्रमका काम, सुरक्षा व्यावसायिकीकरण, प्रतिआतंकवाद विरुद्धका कामहरूमा नेपालसँगको सम्बन्ध उचाइमा पु¥याउने उद्देश्य रहेको जस्ता कुराहरू प्रतिवेदनमा उल्लेख गरिएका छन् ।

चिनियाँ विदेश मन्त्रलयले आफ्नो विज्ञप्तिमा ‘नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको, तथाकथित इण्डो प्यासिफिक रणनीतिकसँग असहमत र चीनको विकासलाई रोक्ने वा असफल गर्ने कुनै पनि प्रयासको विरोध गर्ने’ दाहालले भनेको भन्दै लेखेको थियो । यही विषयमा अमेरिकी दूतावासले नेपाल सरकारसँग स्पष्टीकरण मागेको भनिए पनि सरकारले औपचारिक रूपमा केही बोलेको छैन । सत्तारूढ दलले समेत उक्त विषयमा केही बोलेको छैन । दाहालको सचिवालयले भने इण्डोप्यासिफिक रणनीतिका विषयमा चिनियाँ विदेशमन्त्रीसँग कुरा नभएको जनाएको छ ।
यद्यपि, सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपालले विगतदेखि अभ्यास गर्दै आएको परराष्ट्र नीतिमा कुनै पनि परिवर्तन नगरेको बताए ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा अमेरिकी नेतृत्वको इण्डोप्यासिफिक समूहमा नेपाल संलग्न छ कि छैन र यसबारे सार्वजनिक बहसमा आएका विषयबारे सरकारको धारणा के हो ? भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले भने, ‘स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्रहरूसँग सचेत भएरै व्यवहार गर्छौँ र गर्दै आएका छौँ । परराष्ट्र नीतिबारे नेपाल सरकारका पूर्ववर्ती मान्यताहरूमा कुनै विचलन र परिवर्तन आएका छैनन् ।’ नेपालले असंलग्न परराष्ट्र नीति अंगाल्दै आएको छ ।’ अध्यक्ष दाहालले भेनेजुएला प्रकरणमा दिएको अभिव्यक्तिसमेत विवादित बनेको थियो ।

(sweet-factory)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो रहेछ ओली सरकार ढाल्ने योजना
यस्तो रहेछ ओली सरकार ढाल्ने योजना
क्यान्सरसँग लडिरहेकी साेनालीलाई सम्झेर राेए यी कलाकार !
क्यान्सरसँग लडिरहेकी साेनालीलाई सम्झेर राेए यी कलाकार !
चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेनन् : प्रधानमन्त्री
चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेनन् : प्रधानमन्त्री
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश
ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
उपमेयर खातुन मानव बेचविखन नियन्त्रण गर्न सक्रिय
उपमेयर खातुन मानव बेचविखन नियन्त्रण गर्न सक्रिय
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार