घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ
सारांश
- काठमाडौं १,चैत।
- काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
- मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् ।
काठमाडौं १,चैत। काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् ।
नियमानुसार गर्नु पर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरेपछि पीडितले आयोगमा उजुरी दिएर उनीलाई लाई पक्राउ गराएका हुन् । कार्यालय परिसरबाटै उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया