स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को मृत्यु
सारांश
- उदयपुर,२८,बैशाख ।
- सप्तरीको सुरुङ्गा नगरपालिका को हनुमान चौकमा आज बिहान भएको स्कुटर दुर्घटना परी उदयपुर त्रियुगा नगरपालिका- ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको छ ।
- स.
उदयपुर,२८,बैशाख ।सप्तरीको सुरुङ्गा नगरपालिका को हनुमान चौकमा आज बिहान भएको स्कुटर दुर्घटना परी उदयपुर त्रियुगा नगरपालिका- ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको छ ।
स.१० प ५८८७ नम्बरको स्कुटरमा गाईघाट बाट लहान तर्फ जादै गर्दा शनिबार विहान १० बजेको समयमा स.१ त ५००२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक चौधरीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्चार्ज सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
प्रविण कुमार चौधरीले उदयपुरको सदरमुकाम गाईघाटमा १४ वर्षभन्दा बढी समयदेखि युनिभर्सल डेण्टल हस्पिटल संचालन गर्दै सेवाग्राहीलाई सेवा दिँदै आएका थिए ।
चौधरी को शब लाई आज नै पोस्टमार्टम गरी दाहसंस्कार गरीएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया