भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर

सारांश

  • बाँके।
  • भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ।
  •   अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए।
बाँके। भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ। 
अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए। 
उनले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए। उनले भने, “हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौँ । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौँ।” भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताए। 
१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन्। 
भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए। 
पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने, “ट्याङ्कर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौँ।”  
उहाँका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ। ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
सरिताको थर्कियो काठमाडौ  सहर अन्जली,  शंकर को यस्तो छमछमी(भिडियो सहित )  प्रकाश योगी
सरिताको थर्कियो काठमाडौ सहर अन्जली, शंकर को यस्तो छमछमी(भिडियो सहित ) प्रकाश योगी
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
​प्रचण्डले पनि गरे देउवाको विरोध
​प्रचण्डले पनि गरे देउवाको विरोध
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

तपाईंले छुटाउनुभयो कि?