​प्रचण्डले पनि गरे देउवाको विरोध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
​प्रचण्डले पनि गरे देउवाको विरोध

सारांश

  • काठमाडौं ।
  •  संविधान संशोधनको बारेमा प्रधानमन्त्री शेर बहादुर देउवाले दिएको अभिव्यक्ति थप विवादमा परेको छ ।
  • सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत देउवाको विरोध गरेका छन् ।

काठमाडौं ।  संविधान संशोधनको बारेमा प्रधानमन्त्री शेर बहादुर देउवाले दिएको अभिव्यक्ति थप विवादमा परेको छ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत देउवाको विरोध गरेका छन् ।

विधान संशोधन नेपालको आन्तरिक विषय भएकाले त्यसविषयमा देउवाले भारतमा गएर कुरा गर्नु आबश्यक नभएको उले बताएका छन् ।

माओवादी केन्द्र प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत  पुगेका   प्रचण्डले भारत भ्रमणमा रहेका प्रधानमन्त्री  देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग चुनावपछि संविधान संशोधनमा लैजाने भन्ने भनाइप्रति संकेत गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘संविधान संशोधन नेपालको आन्तरिक विषय हो’, उनले भने, ‘यसबारे अरु कसैसँग कुरा गर्न पनि आवश्यक छैन ।’

कार्यक्रममा उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मात्रै देशलाई स्थिरता  दिने बताए  ।  माओवादी केन्द्रले प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिका लागि अभियान चलाउने  जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?