हेमा मालिनी र सपना चौधरीबिच चुनावी प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
हेमा मालिनी र सपना चौधरीबिच चुनावी प्रतिस्पर्धा

सारांश

  • काठमाडौं,१० चैत्र ।
  • भारत हरियाणाकी प्रसिद्ध गायिका तथा डान्सर सपना चौधरी भारतीय लोक सभाकोलागि चुनाव लड्न काङग्रेस पार्टीमा प्रवेश रहेकी छन ।
  • भारतीय काङग्रेसले चौधरीलाई मथुराबाट हेमा मालिनी बिरुद्ध चुनावमा उठाउने चर्चाले अहिले बलिउड र भारतीय राजनीति तातेको छ ।

काठमाडौं,१० चैत्र । भारत हरियाणाकी प्रसिद्ध गायिका तथा डान्सर सपना चौधरी भारतीय लोक सभाकोलागि चुनाव लड्न काङग्रेस पार्टीमा प्रवेश रहेकी छन ।भारतीय काङग्रेसले चौधरीलाई मथुराबाट हेमा मालिनी बिरुद्ध चुनावमा उठाउने चर्चाले अहिले बलिउड र भारतीय राजनीति तातेको छ ।

वलिउड ड्रिमगर्ल हेमा मालिनीको आधारक्षेत्र मानियको मथुराबाट काङग्रेसकातर्फबाट सपनाले टिकट पाउने लगभग पक्काभएपछि दुई बिच निकै प्रतिस्पर्धा हुने देखिएको छ । त्यसो त सपनाले टिकट पाउनकालागि पार्टी प्रवेश गरेकोपनि चर्चा नचलेको भने होईन । खास गरेर यूपी र बिहारमा सपनाका लाखौ फ्यानहरु रहेका छन ।

त्यसैको फाईदा उनले आफ्नो राजनैतिक जिवनमा उठाउन सक्ने पनि एकप्रकारको अनुमान लगाउन सकिन्छ । भारतीय युवाहरुमा सपनाको डान्स प्रति निकै नै आकर्षण रहेको छ । त्यसो त हेमा पनि पहिलादेखि नै मथुराबाट सांसद बन्दै आएकी छन ।

साच्चै समाचारहरुमा जानकारी गराए अनुसार यि दुई प्रतिस्पर्र्धी चुनावको मैदानमा आए नतिजा निकै रोमाञ्चक हुने देखिएको छ ।
बिग बोस सीजन ११मा सहभागी पश्चात सपनाको चर्चा निकै बढेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?