पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
सारांश
- काठमाडौं ।
- नेपालमा रहेका पेट्रोलियम पदार्थको खानी तथा भूगर्भ विभाग र चीनको ‘चाइना जियोलोजिकल सर्भे’ले अनुसन्धान गर्ने भएका छन् ।
- दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ ।
काठमाडौं । नेपालमा रहेका पेट्रोलियम पदार्थको खानी तथा भूगर्भ विभाग र चीनको ‘चाइना जियोलोजिकल सर्भे’ले अनुसन्धान गर्ने भएका छन् ।
दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ ।
अनुसन्धानका लागि चिनियाँ टोली नेपाल आउने तयारीमा रहेको जानकारी दिए । अन्वशेषणका लागि २ अर्ब २० करोड रुपैयाँको सम्झौता भएको छ । अन्वेषण गर्न करिब २ वर्ष समय लाग्ने बताइएको ।
अनुसन्धान गर्नका लागि नेपालको भूगर्भ विभाग र चिनिया पक्षबीच सम्झौता भैसकेको छ । नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा, चिनियाँ पक्षका जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङ कुनबीच सम्झौता भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया